आर्थिक

कति छ आज सुनचाँदीकाे मूल्य ?

कति छ आज सुनचाँदीकाे मूल्य ?

काठमाडौं: सुनको भाउ आइतबार १०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबाबार छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँ बढेर ९० हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार २५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, शुक्रबार छापावाल सुनको भाउ तोलाको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार १५० रुपैयाँ रहेको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ११ सय ७५ रुपैयाँ कायम भएको छ शुक्रबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ रहेको थियो ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८