समाज

नेपालबाट मनसुन बाहिरिने क्रम सुरु

नेपालबाट मनसुन बाहिरिने क्रम सुरु

काठमाडौं: औसतभन्दा केही पछिसम्म रहेको मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ । 

अन्य प्रदेशबाट केही दिनमा बाहिरिने विभागले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्षको मनसुन औसत समयभन्दा केही पछाडि सरेको छ । 

यसैबीच, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८