स्वास्थ्य

देशभर आज ७६४ जना कोभिड संक्रमित थपिए, १० जनाकाे मृत्यु

देशभर आज ७६४ जना कोभिड संक्रमित थपिए, १० जनाकाे मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ६८८ वटा नमुनाको परीक्षण गर्दा ७६४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।

त्यस्तै आज एक हजार ३३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८