अन्तर्राष्ट्रिय

बिहानै पाकिस्तानमा शक्तिशाली भूकम्प, १८ जनाकाे मृत्यु

बिहानै पाकिस्तानमा शक्तिशाली भूकम्प, १८ जनाकाे मृत्यु

इस्लामावाद: पाकिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीवार बिहानै भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् ।

विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ। भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।

प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ।

भूकम्पका कारण भत्किएको भवनमा च्यापिएर मानिसहरुको ज्यान गएको हो । भूकम्पमा परी अरु ५० जना भन्दा बढी घाइते भएको जिओ टेलिभिजनले जनाएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८