अन्तर्राष्ट्रिय

कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ, झडपमा ८ जनाको मृत्यु

कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ, झडपमा ८ जनाको मृत्यु

दिल्ली: भारतीय प्रहरीले कांग्रेस नेतृ प्रियंका गान्धीलाइृ पक्राउ गरेको छ । भारतको तिकुनियामा किसान आन्दोलनमा सहभागी हुन जाने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

तिकुनिया नेपालको कैलाली जिल्लाबाट पारी पर्ने भारतीय सहर हो । उत्तर प्रदेशको लाखिम्पुर खेरी जिल्लामा किसानले आन्दोलन गरेका थिए ।

गान्धीलाई यूपी प्रहरीले लखनउमै रोक्न खोजेको थियो। प्रहरी अधिकारीले गान्धीलाई हिरासतमा लिन खोज्दा उनले गिरफ्तार वारेन्ट देखाउन भनेकी थिइन्।उनलाई हिरासतमा लिन खोजेपछि केही बेर काँग्रेस कार्यकर्ता र प्रहरीबिच धक्कामुक्का भएको थियो ।

आन्दोलनमा ८ जनाको मृत्यु भएको छ । गान्धी हिंसामा मारिएकाहरुको परिवारलाई भेट्न पुगेकी थिइन् । 

भारत सरकारले ल्याएको कृषि कानूनको खारेजीको माग गर्दैै भारतीय किसानहरु गतसातादेखि पुनः आन्दोलनमा उत्रिएका छन् ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८