सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    बिजुली निकाल्ने ‘बिजुली मसिन’ अर्को महिना प्रदर्शन हुने

    बिहिवार, २७ श्रावन २०७३, आहाखबर

    काठमाडौं । विज्ञान र प्रविधिलाई प्रमुख विषयवस्तु बनाएर तयार पारिएको पहिलो नेपाली चलचित्र ‘बिजुलीमसिन’ भदौ ३१ गते प्रदर्शन हुने भएको छ । ‘साइन्स फिक्सन’मा आधारित उक्त चलचित्रको ‘ट्रेलर’ बुधबार सार्वजनिक गरियो । 

    चलचित्रमा दुई युवकले आवाजबाट बिजुली निकाल्ने प्रयास गरेको देखाइएको छ । प्रायः सबै नयाँ कलाकारलाई समेटिएको चलचित्रमा अभिनेता राजेश हमालको छुट्टै किसिमको अभिनय रहेका छन ।

    यसमा अभिषेक सुवेदी र जीवन अधिकारीको मुख्य भूमिका रहेको छ । झन्डै एक करोड रुपियाँ लगानीमा चलचित्र निर्माण गरिएको बताइएको छ । नवीन अवालको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका निर्माता सबै नयाँ अनुहारका छन् जसमा ऋषब आचार्य, सञ्जीव न्यौपाने, दीपेन बस्नेत र सन्तोष लामिछाने रहेका छन् ।

    नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले पछिल्लो केही समयदेखि नेपाली चलचित्रले बाटो फेरेको बताउँदै नयाँ कथा र नयाँ प्रयोगसहित बनेको उक्त चलचित्रले युवालाई थप ऊर्जा दिने आशा व्यक्त गरे । 

    वैकल्पिक ऊर्जाको खोजी नै मुख्य विषयवस्तु भएको र यसमा स्वस्थ मनोरञ्जनसमेत समेटिएको चलचित्रका निर्देशक अवालले बताए । उनले आफ्नो चलचित्र हेरेपछि नेपाली युवाले स्वदेशमै केही गर्ने जाँगर चलाउने विश्वास व्यक्त गरे । 

    कार्यक्रममा नेपाली चलचित्रकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगर, धावक सञ्जय पण्डितलगायतलाई सम्मान गरिएको थियो । रासस

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast