प्रविधि

भायानेट अफर: बडा दसैँमा बडा स्पीड, बडा टीभी

भायानेट अफर: बडा दसैँमा बडा स्पीड, बडा टीभी

काठमाडौं: भायानेट बडादसैंमा आफ्ना ग्राहकहरुलाई विशेष प्याकेजसहित ‘भायानेट बडा दसैंमा, बडा स्पिड, बडा टीभी अफर’ ल्याएको छ। 

कम्पनीले उक्त योजनाअन्तर्गत साविक मूल्यमै बढी स्पिड भएको इन्टरनेट र भाया टीभी प्याकेज उपलब्ध गराउने भएको छ। साथै, ३२ र ५५ इञ्चको एमआई एन्ड्रोइड टीभीमा भारी छुट दिने कम्पनीले जनाएको छ।

‘यस अफरअन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पिड इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भाया टीभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउन सक्नुहुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,

‘साथै, भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भाया टीभी प्याकेजसँगै एमआई एण्ड्रोइड टीभी बण्डल गरेको छ। यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टीभीमा २२ प्रतिशतसम्म छुट पाउन सक्ने छन्।’



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८