शिक्षा

तिहारपछि मात्र कक्षा १२ को नतिजा प्रकाशित हुने

तिहारपछि मात्र कक्षा १२ को नतिजा प्रकाशित हुने

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको जानकारी दिए।

कोभिड-१९ ले रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको थियो। अध्यक्ष पौडेलले भने ‘उत्तरपुस्तिका परीक्षण सुरु भएको छ। तिहार पछाडि नतिजा प्रकाशित गर्ने हाम्रो लक्ष्य छ।’

उनका अनुसार सम्भवत: सबै उत्तरपुस्तिका जाँच गर्ने काम सकिएमा कात्तिक महिनाभित्रै नतिजा प्रकाशित गरिनेछ। करिब ४ लाख विद्यार्थीले कक्षा १२काे परीक्षा दिएका छन्। बाेर्डले परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गरेकाे थियो।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८