समाज

पहिराेका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

पहिराेका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

काठमाडौं: पहिराेका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गएराति २ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक  दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी  निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए । 

पहिरो गएको स्थान मुग्लिन बजारबाट करिब २ किलोमिटर काठमाडौंतर्फ पर्दछ । 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८