राजनीति

सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले पार्टी रोज्न पाउने गरि सर्वोच्चकाे आदेश

सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले पार्टी रोज्न पाउने गरि सर्वोच्चकाे आदेश

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका दुई सांसदको पक्षमा आदेश आएको छ । उनीहरुले पार्टी रोज्न पाउने गरी सर्वोच्चले आदेश सुनाएको हो । 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।

“निवेदकहरु सोमप्रसाद पाण्डे र शारदा देवी भट्टले नेपाल कम्युनिट पार्टी (एकीकृत समाजवादी) दलमा आवद्ध हुनेगरी मिति २०७८ भदौ ८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन दिने गरी रोजेको आधारमा निजहरुको सो दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही नगर्नू, नगराउनू भनी प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्मका लागि प्रत्यर्थीहरुका नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ । आदेशको जानकारी प्रत्यर्थीहरुलाई दिनू,” आदेशमा भनिएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८