मनोरञ्जन

सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको ‘गल्ली यही हो’को भिडियो सार्वजनिक

सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको ‘गल्ली यही हो’को भिडियो सार्वजनिक

काठमाडौं: प्रदर्शनको प्रतिक्षामा रहेको सिनेमा तीन जन्तुका निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत गल्ली यही होको म्युजिक भिडियो रिलिज गरिएको छ ।

अजय कुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । सोमबार आसाप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा निर्देशक अधिकारीलाई मोडल कञ्चन भुजेलले साथ दिएकी छन् । मोडल भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८