राजनीति

बजेट पारित नहुँदै असोज ४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

बजेट पारित नहुँदै असोज ४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं:  प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार एमालेको अवरोधकै बीच सुरु भएको प्रतिनिधिसभाको बैठक बजेट पारित नहुँदै स्थगित भएकाे हाे । 

मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८