राजनीति

माओवादी केन्द्रकाे स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रकाे स्थायी समिति बैठक बस्दै

काठमाडाैं: नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने कार्यालयका सचिव श्रीराम ढकालले बताए ।

सचिव ढकालका अनुसार बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने रहेको छ । माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

सोही सम्मेलनलाई ध्यानमा राख्दै आवस्यक तयारीस्वरुप निर्वाचन नियमावली र निर्देशिकालाई अन्तिम रुप दिन लागिएको नेताहरुले बताएका  छन् । सम्मेलनको तयारीस्वरुप माओवादीले देशभर चार महिने संगठन विस्तार अभियान चलाउँदै आएको छ ।

साथै आजको बैठकमा सरकार विस्तार, संसदको अवरोध लगायतका समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८