आर्थिक

साेमबार बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

साेमबार बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडौं: सोमबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । हिजाे आइतबार ताेलामा ४०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा ३०० रूपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आजका लागि छापावाल सुनकाे मूल्य ९० हजार ६०० रूपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला ९० हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे । 

यता तेजावी सुन पनि आज ताेलामा ३०० रूपैयाँले नै घटेर ९० हजार १०० रूपैयाँ निर्धारण भएकाे छ । हिजाे तेजावी सुन प्रतिताेला ८९ हजार ८०० रूपैयाँमा काराेबार भएकाे थियाे । 

यस्तै आइतबार चाँदी प्रतितोला ११ सय ९५ रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले बढेर १२ सय रूपैयाँ कायम भएको छ ।

 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८