शिक्षा

दाङका विद्यालय आजदेखि खुले

दाङका विद्यालय आजदेखि खुले

दाङ:  दाङमा आजदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखदेखि बन्द भएका शिक्षालय आजदेखि सञ्चालनमा आउने भएका हुन् ।

स्थानीय शिक्षा महाशाखाले विद्यालय सञ्चालननका मापदण्ड तयारगरी कार्यपालिकामा सिफारिस गरेको थियो । कार्यपालिकाको बैठकले शिक्षा महाशाखाबाट आएको सिफारिसलाई अनुमोदन गर्दै डीसीएमसीमा अनुमोदनका लागि पेस गरेको थियो । 

आइतबार डीसीएमसीको बैठकले कार्यपालिकाको सिफारिसलाई अनुमोदन गरेपछि विद्यालय सञ्चालन हुने दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८