आर्थिक

घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं: साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा ४०० रूपैयाँ र चाँदीकाे मूल्य ताेलामा २० रूपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

आजका लागि छापावाल सुनकाे मूल्य ताेलामा ९० हजार ३०० रूपैयाँ कायम भएकाे छ। शुक्रबार छापावाल सुन प्रतिताेला ९० हजार ७ सय रूपैयाँमा काराेबार भएकाे थियाे।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुन प्रतिताेला ९० हजार २०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

साथै, शुक्रबार चाँदी प्रतितोला १२ सय १५ रूपैयाँ कायम भएकोमा आज भने २० रूपैयाँले घटेर ११ सय ९५ रूपैयाँ कायम भएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८