समाज

संखुवासभा हत्या प्रकरण: ६ जनाको हत्या आरोपीलाई आज सार्वजनिक गर्दै प्रहरी

संखुवासभा हत्या प्रकरण: ६ जनाको हत्या आरोपीलाई आज सार्वजनिक गर्दै प्रहरी

संखुवासभा: संखुवासभाको मादी नगरपालिका-१ खोलागाउँमा भएको ६ जनाको हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले आज सार्बजनिक गर्दैछ। 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीलाई आज सार्वजनिक गर्न लागिएको हो। पक्राउ परेका ती युवक मृतकका भतिजो नाता पर्ने हुन्। आरोपी कार्कीको पुरै परिचय र घटनाको विषयमा विस्तृत जानकारी चैनपुरमा आज विहान १० बजे हुने पत्रकार सम्मेलनमा जानकारी गराइने संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए। 

घटना घटेको दिनै देखि घटनास्थलमा सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको टोली, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली परिचालित भएको थियो। यस्तै घटना भएको दोस्रो दिन देखि नै प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार विसी समेतको ठूलै प्रहरी टोली घटनास्थलमा परिचालित भएको थियो। 

मादी नगरपालिका–१ खोलागाउँमा गत सोमबार तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्या भएको थियो। 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८