आर्थिक

संशोधित बजेट: अब युट्युबरले पनि सरकारलाई अग्रिम कर तिर्नुपर्ने

संशोधित बजेट: अब युट्युबरले पनि सरकारलाई अग्रिम कर तिर्नुपर्ने

काठमाडौं: युट्युबमा अडियो/भिडियो राखेर विदेशी मुद्रा आर्जन गरिरहेका युट्युबरहरूले सरकारलाई अग्रिम कर तिर्नुपर्ने भएको छ । सरकारले अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकमा यस्तो व्यवस्था गरेको हो ।

युट्युबरका साथै व्यवसाय सञ्चालनमा संलग्न नरहेको व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराएमा पनि अग्रिम कर तिर्नुपर्नेछ । 

युट्युबरलाई यसअघि सरकारले कर बुझाउन खुकुलो पारेको थियो भने अब भने सामाजिक सञ्जालमार्फत हुने आयमा कर लगाइएको छ । जुन युट्युबरलाई कर बुझाउन चालिएको पहिलो कदम हो ।

बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दा अर्थमन्त्री शर्माले कुनै व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा एक प्रतिशतका दरले कर सरकारलाई बुझाउनुपर्ने बताएका छन् ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८