मनोरञ्जन

काठमाडाैं आउँदै बलिउड महानायक अमिताभ बच्चन

काठमाडाैं आउँदै बलिउड महानायक अमिताभ बच्चन

मुम्बई: फिल्म ‘उचाही’ को छायाँकनका लागि बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री परिणीति चोपडा नेपाल आउने भएका छन् ।  ‘उचाही’ को  सुटिङ नेपालको बिभिन्न लोकेशनमा हुने बताइएको छ ।

राजश्री प्रोडक्सनबाट निर्माण हुने फिल्मको सुटिङ ५ अक्टुबरदेखि काठमाडाैं उपत्यकाबाट सुरु हुने बलिउड मिडियाले आफ्नो समाचारमा उल्लेख गरेको छ । फिल्मको अहिले प्रि प्रोडक्सन कार्य भइरहेको छ । फिल्मले बुढेसकालको मित्रता कथाको रुपमा उठाएको छ ।

सुरज बडजात्याको निर्देशन रहने फिल्ममा अमिताभको अपोजित भूमिकामा परिणीति हालै भित्रिएकी हुन् । फिल्ममा अमिताभ र परिणीतिको अलवा अनुपम खेर, नीता गुप्ता र बोमन इरानीको पनि मुख्य भूमिका रहनेछ । अनुपम, बोमन र अमिताभ फिल्ममा तीन पुराना साथीको रुपमा देखिनेछन् । परिणीति र नीनाको भूमिका के भन्ने अहिले खुलाइएको छैन । फिल्मको कथा निर्देशक सुरज आफैले लेखेका हुन् । 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८