सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    'रेश ३' मा अब सैफ नभई सलमान खान!

    बिहिवार, २० श्रावन २०७३, आहाखबर

    काठमाडौँ।  एकपछि अर्को गर्दै हरेकजसो फिल्मलाई सफलता दिलाउँदै अघि बढेका वलिउड सुपरस्टार सलमान खान पैसा छाप्ने मेसिनकै रुपमा गनिन्छन् । जहाँ उनको अनुहार समेटिन्छ त्यो बिक्छ, करोडौंको कारोबार हुन्छ ।
     
    यसैकारण पनि सलमानलाई लिएर काम गर्न वलिउडमा निर्माता निर्देशकहरुको लर्को लाग्छ । पछिल्लो पटक 'सुल्तान'लाई सुपरहिट बनाएका सलमान अहिले नयाँ प्रोजेक्ट 'ट्युबलाईट'मा व्यस्त भईसक्दा नयाँ खबर बाहिरिएको छ कि, सफल सिरिज रेशको तेश्रो शिक्वेलको लागी उनलाई नै अफर आएको छ ।
     
    वलिउड अनलाईन कोईमोई डटकमले लेखेअनुसार एण्टागोनिष्ट रोलको लागी 'रेश ३' बाट सलमानलाई आफर आएको हो तर सलमानले यो विषयमा आधिकारिक धारणा बाहिर ल्याएका छैनन् । समाचारमा जनाईए अनुसार सलमानले स्कृप्ट मन पर्दैगर्दा सोच्नसक्ने बताएको बुझिएको छ ।
     
    रेश र यसको दोश्रो सिक्वेलमा सैफअली खान देखिएका अनि फिल्म सफल पनि भएको भएपनि अहिले सैफको खासै चाम नदेखिएकोले निर्माण टिम सलमानतिर आँखा बढाउन बाध्य भएको हो ।
    फिल्मीखबरबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast