आर्थिक

आज एकैदिन ७०० ले घट्यो सुनको मूल्य, तोलाकाे कति ?

आज एकैदिन ७०० ले घट्यो सुनको मूल्य, तोलाकाे कति ?

काठमाडाैं: बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । हिजाे बुधबार ७०० ले घटेकाे सुनकाे मूल्य आज पनि ताेलामा ७०० रूपैयाँले नै घटेकाे हाे ।

आज छापावाल सुनकाे मूल्य ताेलाकाे ९१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला ९२ हजार ५०० रूपैयाँमा काराेबार भएकाे थियाे । 

यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजाे तेजावी सुन प्रतिताेला ९२००० रूपैयाँमा काराेबार भएकाे थियाे । 

तर, यता चाँदीको मूल्य भने गत हप्ता देखिको लगातार गिरावटको क्रम भङ्ग गर्दै बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २७० रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ ।