समाज

सातबुँदे माग राख्दै यातायात व्यवसायी आन्दोलित, विभाग घेराउ

सातबुँदे माग राख्दै यातायात व्यवसायी आन्दोलित, विभाग घेराउ

काठमाडौं: यातायात व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले आज ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था विभागको कार्यालय घेराउ गर्दै छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् । विभिन्न सातबुँदे माग अघि सारेका छन् । आफ्ना सवारीसाधनसहित उनीहरु विभाग घेराउ गर्न जाँदै छन् ।

काठमाडौंका विभिन्न स्थानमा आज बिहानैदेखि कतिपय ट्याक्सी, माइक्रोबसलगायतमा यात्री चढाइएको छैन । सडकछेउमा पार्किङ गरेर राखिएको छ ।

यातायात व्यवसायी सबैले कोरोनाविरुद्धको खोप सहज रूपमा पाउनुपर्ने, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, यातायातको बिमा छुट, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुटलगायत माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।