आर्थिक

आज ताेलामा ७०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

आज ताेलामा ७०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं: बुधबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे ताेलामा ४०० ले बढेकाे सुनकाे मूल्य आज ७०० रूपैयाँले घटेकाे हाे ।

हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज तोलाकाे  ९२ हजार ५०० रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएकाे छ ।

यस्तै तेजावी सुनको आज प्रतिताेला ९२ हजार रूपैयाँमा काराेबार भइरहेको छ ।  हिजाे तेजावी सुन प्रतिताेला ९२ हजार ७०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १३८० मा कारोबार भएकोमा आज घटेर तोलामा १२६० कायम गरिएको महासंघले जनाएको छ ।