स्वास्थ्य

काेराेनाविरुद्वकाे खोप लिन चीन जाँदै नेपाल एयरलाइन्सकाे विमान

काेराेनाविरुद्वकाे खोप लिन चीन जाँदै नेपाल एयरलाइन्सकाे विमान

काठमाडौं: काेराेनाविरुद्वकाे ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन नेपाली विमान आज चीन जाँदै छ । लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

निगमका अनुसार नेपाल एयरलाइन्स आज, भोलि र  शनिबार खोप लिन चीन जाने छ । विमानले प्रति उडान ८ लाख डोज खोप ल्याउने छ । यसअघि पहिलोपटक असार २५ गते ८ लाख डोज खोप ल्याइसकेको छ ।

निगम प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार निगमको विमान आज गएर भोलि फर्कने, भोलि गएर शुक्रबार फर्कने र शनिबार गएर आइतबार फर्कने तालिका छ ।