स्वास्थ्य

काठमाडाैंमा पनि बढ्याे काेराेनादर: आज ७१९ संक्रमित थपिए

काठमाडाैंमा पनि बढ्याे काेराेनादर: आज ७१९ संक्रमित थपिए

काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जना काेराेना संक्रमित थपिएका छन् । काठमाडौंमा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जना संक्रमित थपिएका हुन् ।

हिजाे काठमाडाैं उपत्यकामा ४७४ जना काेराेना संक्रमित थपिएका थिए । हिजाेकाे तुलनामा आज काठमाडाैं उपत्यकामा संक्रमित हुनेकाे संख्या बढेकाे हाे ।

हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या सात हजार ८१८ रहेको छ ।

हाल देशभर २३ हजार ८३४ जना संस्थागत आइसोलेसनमा, दुई हजार ५८५ आईसीयूमा र भेन्टिलेटरमा १७२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।