आर्थिक

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ खुल्यो, कति दिने आवेदन ?

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ खुल्यो, कति दिने आवेदन ?

काठमाडाैं: मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका वासिन्दाका लागि आईपीओ पुन: निष्कासन गरेको छ । २१ बैशाखबाट ६० लाख कित्ता आईपीओ स्थानीय समूहका लागि निश्कासन गरेको थियो ।

तर, कोरोनाको संक्रमण उच्च भएको भन्दै समयअगावै बन्द गरिएको थियो । जसका लागि कम्पनीले अहिले पुन: आईपीओ निष्कासन गरेको हो । 

आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस) बाह्रबिसे नगरपालिका वडा नं ५,६,७,र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर  निष्कासन गरेको हो ।

योसँगै कम्पनीले सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर पनि निष्कासन गरेको छ ।

आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि पुनः निष्कासन गरिएको आईपीओमा छिटोमा साउन १७ गतेभित्र र ढिलोमा साउन ३२ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउने छन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।