आर्थिक

ताेलामा ४०० ले बढ्याे सुनकाे मूल्य, चाँदीकाे घट्याे

ताेलामा ४०० ले बढ्याे सुनकाे मूल्य, चाँदीकाे घट्याे

काठमाडौं: मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेकाे छ । हिजाे ताेलामा २०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा ४०० रूपैयाँले बढेकाे हाे । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियाे भने आज छापावाल सुनकाे मूल्य ताेलाकाे ९३ हजार २०० कायम भएकाे छ ।

तेजावी सुनको मूल्य हिजाे प्रतितोला ९२ हजार ३ सय रूपैयाँमा काराेबार भएकाेमा आज ४ सयले बढेर ९२ हजार ७०० रूपैयाँ निर्धारण भएकाे छ । 

यता चाँदीकाे मूल्य भने आज ताेलामा १० रूपैयाँले घटेकाे छ । चाँदी आज प्रतिताेला १२ सय ८० रूपैयाँमा काराेबार भइरहेकाे छ ।