स्वास्थ्य

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, कति थपिए आज ?

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, कति थपिए आज ?

काठमाडौं: देशभर पछिल्लो २४ घण्टामा काेराेना संक्रमितकाे संख्या बढेकाे छ । आज देशभर थप  २ हजार ४४५ जना कोराेना संक्रमित थपिएका छन् । हिजाे आइतबार देशभर १, ८०१ जना काेराेना संक्रमित थपिएका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६६४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३३ जना पिअिसार परीक्षण गर्दा एक हजार ६४२ र ३ हजार ८३१ जनाको एन्टीजेन परीक्षण गर्दा ८०३ जनामा संक्रमण पुष्टि भएको हो। 

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख १८ हजार ४९४ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३३ हजार ३३२ जना संक्रमित निको भइसकेका छन्। 

आज देशभर एक हजार २५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ५८२ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २२ हजार ३३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५०३ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ५६४ जना आइसियुमा र १५५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३०४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।