आर्थिक

आज ताेलामा ६०० ले घट्याे सुनकाे मूल्य, कति पुग्याे ?

आज ताेलामा ६०० ले घट्याे सुनकाे मूल्य, कति पुग्याे ?

काठमाडाैं: आइतबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा ६ सय रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे ९२ हजार ६०० रूपैयाँ निर्धारण भएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतिताेला ९३ हजार २०० रूपैयाँमा काराेकार भएकाे थियाे । 

यस्तै आज तेजावी सुनकाे मूल्य पनि ताेलामा ६०० रूपैयाँले घटेर प्रतिताेला ९२ हजार १०० रूपैयाँ निर्धारण गरिएकाे महासंघले जनाएकाे छ । 

यता आज चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँले घटेकाे छ ।  चाँदी आज प्रतिताेला १२ सय ९५ रूपैयाँमा काराेबार भइरहेकाे छ ।