आर्थिक

ओली सरकारले ल्याएकै बजेट कार्यन्वयन हुने, आर्थिक श्वेतपत्र जारी गर्ने तयारी

ओली सरकारले ल्याएकै बजेट कार्यन्वयन हुने, आर्थिक श्वेतपत्र जारी गर्ने तयारी

काठमाडौं: ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट शेरबहादु देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले संसदमा पेश गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पत्रकारहरुसँगको छलफलमा ३ गते संसद बैठकमा अध्यादेश पेश गर्ने बताए ।

अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् ।

‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर स्वेतपत्र ल्याइने छ ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले सूचकांकले देखायको अवस्थालाइ श्वेतपत्रमा समेटिने जानकारी दिए । आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेटिने छ ।