प्रविधि

चिनियाँ समुहद्वारा नेपाल टेलिकमको डेटा ह्याक, सर्भर सटडाउन

चिनियाँ समुहद्वारा नेपाल टेलिकमको डेटा ह्याक, सर्भर सटडाउन

काठमाडौं:  नेपाल टेलिकमकाे डेटा हृयाक भएकाे छ । चिनियाँ ह्याकर समूहले सर्भरमा आक्रमण गरेर डेटा हृयाक गरेको दावी गरेपछि टेलिकमले आफ्नो  सर्ट डाउन गरेको हाे । 

अहिलेसम्म ह्याक भएको पुष्टि नभएको तर सूचना आएपछि सर्भर सट डाउन गरेकाे प्रवक्ता राजेश जोशीले बताए ।

चीनको ट्याग-२२ ग्रुपले नेपाल टेलिकमको सर्भरमा ‘ग्लास फिस’ सर्भरका माध्यमबाट ‘कोल्भटस्ट्राइक’ मार्फत सर्भर हृयाक गरेका दावी गरेको छ । यो सूमह चीनको राज्य सञ्चालित समूह रहेको दावी गरिएको छ ।

त्यसरी लिक भएको भनिएको कल डिटेल्स र अन्य विवरण डेटा विक्रीमा समेत राखिएको छ । यो सूमहले ताइवान र फिलिपिन्सका टेलिकमसम्बद्ध डेटा पनि सँगै बिक्रीमा राखेको छ ।

उनले भने,‘केही सञ्चारकर्मी साथीहरुले डेटा ह्याकबारे जानकारी दिनुभएपछि हामीले सर्भर ह्याक गरेर अनुसनधान गरिरहेका छौं ।' टेलिकमको एउटा पुरानो सर्भर ह्याकरको निसानामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

गत असार ९ गते बिहान करिब अढाई घण्टा टेलिकमको जीएसएम सेवा अवरुद्ध भएको थियो । त्यसमा पनि यसको कनेक्सन हुनसक्ने अनुमान टेलिमका अधिकारीहरुको छ ।