मनोरञ्जन

सेटमा फर्किए ‘द भ्वाइस अफ नेपाल’का काेच दीप श्रेष्ठ

सेटमा फर्किए ‘द भ्वाइस अफ नेपाल’का काेच दीप श्रेष्ठ

काठमाडाैं: गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठ सेटमा फर्किएका छन् । काेराेना भाइरसबाट संक्रमित भएपछि  उनी ‘द भ्वाइस अफ नेपाल’को सेटमा उपस्थित हुन सकेका थिएनन् ।

संक्रमित भएपछि दीप श्रेष्ठ २ साता भन्दा बढी अस्पतालमा उपचार गराएर फर्किएका थिए । कोरोनामुक्त भएपनि केही समय आराम गर्न घरमै बसेका थिए । दीप श्रेष्ठको अनुपस्थितीमा गायक राजेश पायल राई कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’को कुर्सीमा बसेका थिए ।

तर, अब पूर्ण रुपमा निको भएपछि दीप श्रेष्ठ सेटमा फर्किएका हुन् । ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले भने, 'दीप सर द भ्वाइसको सेटमा फर्किसक्नु भएको छ । अब, हरेक शुक्रबार र शनिबार नै दर्शकले उहाँलाई शोमा कोचको भूमिका निर्वाह गरेको देख्न पाउनेछन् ।’

‘द भ्वाइस अफ नेपाल’ उत्कृष्ट १२ मा पुगेको छ । अब, दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरु बाहिरिनेछन् ।