स्वास्थ्य

 वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी अस्पताल भर्ना

 वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी अस्पताल भर्ना

काठमाडौं: वाङ्मय शताब्दी पुरुष डा.सत्य मोहन जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि १०२ वर्षीय जोशीलाई अस्पताल भर्ना गरिएको हो।

उनकाे श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटको चालमा गडबडी साथै रक्तचापमा कमी देखिएकाे छ ।

किष्ट शिक्षण अस्पताललको डिलक्स सुइटमा भर्ना गरी उनको उपचार प्रारम्भ गरिएको अस्पतालले जनाएको छ। जोशीको छातीमा निमोनिया संक्रमण देखा परेको र सोको उपचार प्रारम्भ गरिएको अस्पतालले जनाएको छ।

जोशीको पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ। उनको स्वासप्रश्वासको स्थिति र मुटुका चाल स्थीर रहेको अस्पताले जनाएको छ।

जोशीको उपचारमा छाती रोग विषेशज्ञ प्रा.डा. मीलेश जंग सिजापतीको नेतृत्वमा कार्डीयोलोजीष्ट तथा क्रिटिकल केयर विषेशज्ञको संयूक्त टोली संलग्न रहेको र उनलाई केही दिन अस्पतालमै राखि उपचार गरिने जनाइएको छ।