आर्थिक

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनचाँदी दुबैको मूल्य बढेको छ ।

नेपाली बजारमा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ भने, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३७० रुपैयाँ पुगेको छ ।

गत बिहीबार सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।