समाज

स्वास्थ्य मन्त्रालय भन्छ, ‘अहिलेकै अवस्थामा निषेधाज्ञा खुकुलो बनाउनु घातक’

स्वास्थ्य मन्त्रालय भन्छ, ‘अहिलेकै अवस्थामा निषेधाज्ञा खुकुलो बनाउनु घातक’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले हाल जारी निषेधाज्ञा खुकुलो बनाउने अवस्था नरहेको जनाएको छ ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न डेढ महिनादेखि लगाइरहेको निषेधाज्ञा केही सहज गराउँदै लैजाने छलफल भइरहेको बेला स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा सहज बनाउने बेला भइनसकेको जनाएको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले दिनहुँ परीक्षण गरिएका मध्ये २५ देखि ३० प्रतिशत व्यक्तिमा संक्रमण देखिएकाले अहिले नै निषेधाज्ञा खुकुलो बनाउन नहुने बताए ।

‘संक्रमणदर अत्यन्तै न्यून भएपछि मात्र दैनिकीलाई सहज बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘संक्रमणदर न्यून भएपछि ठाउँअनुसार खुकुलो बनाउँदै जान सकिन्छ तर अहिले नै खुकुलो बनाउने बेला भएको छैन ।’