राजनीति

नयाँ सरकार बनाउन दीपक मनाङेद्वारा विपक्षीलाई हस्ताक्षर

नयाँ सरकार बनाउन दीपक मनाङेद्वारा विपक्षीलाई हस्ताक्षर

पोखरा । पृथ्वीसुब्बा गुरुङको मन्त्रीमण्डलमा रहेका राजीव गुरुङ(दीपक मनाङे) ले विपक्षी दललाई सरकार बनाउनका लागि हस्ताक्षर बुझाएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकमा सहभागी नभएका मनाङेले प्रदेशसभा विघटन हुनबाट जोगाउन र संघीयतालाई थप मजबुत पार्न यो कदम चालेको बताएका छन् ।

मनाङे गुरुङ क्याबिनेटमा युवा तथा खेलकुद मन्त्री छन् । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद् मनाङेलाई मन्त्री बन्नेका थिय । 

बिहीबार विश्वासको मत लिने क्रममा बहुमतका लागि ३१ मत चाहिने भए पनि ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले २७ मत पाएका थिय । वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गते पुनः नियुक्त भएका थिय तर ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत उनले बिहीबार संसद्को सामना गर्नुभएको गरेका थिय | 

मुख्य मन्त्री गुरुङको हार संगै कुनै आन्तरिक चलखेल नभए नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली अब मुख्यमन्त्री बन्ने पक्का छ ।