स्वास्थ्य

देशभर आज ३७४९ संक्रमत थपिए, ५९ जनाकाे मृत्यु

देशभर आज  ३७४९ संक्रमत थपिए, ५९ जनाकाे मृत्यु

काठमाडाैं:पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । 

यस्तै साेहि अवधिमा ५२९३ जना काेराेना संक्रमण मुक्त भएका छन् 

बिहीबार काेराेना संक्रमणबाट ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।