समाज

कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई बेलौरी नगरपालिकाले १५ हजार दिने

कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई बेलौरी नगरपालिकाले १५ हजार दिने

कञ्चनपुर: कञ्चपुरकाे बेलौरी नगरपालिकाले कोभिड १९ को प्रकोप नियन्त्रण  र राहत सम्बन्धि केही महत्वपूर्ण निर्णय गरेको छ। बेलौरी नगरपालिकाकाे आज बसेकाे बैठकले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको घरपरिवारलाई किरिया खर्च स्वरुप १५ हजार रुपैया खर्च सहयोग दिने निर्णय गरेको हाे ।

नगरपालिकाका प्रवक्ता विनोद नेपालीले कुण्डास्थित कोभिड अस्पतालबाट कोरोना संक्रमणबाट निको भएका व्यक्तिहरुलाई घर फर्कने क्रममा रु २ हजार बराबरको पोषण खाध्य सामग्री दिने निर्णय गरिएको बताए।

त्यसैगरी नेपाल रेडक्रस सोसाईटीको जिल्ला शाखा कञ्चनपुरले बिरामीहरुलाई निःशुल्क ब्लड वितरण गरि सहयोग गरिरहेको परिप्रेक्ष्यमा नगरपालिकाद्धारा सो शाखालाई सहयोग स्वरुप रु ५० हजार दिने निर्णय गरिएको छ। साथै, रेडक्रसको बेलौरि शाखामा ब्लडबैंक सञ्चालनका लागि सम्बन्धित निकाय सँग अनुमति माग गर्ने निर्णय गरीएको पनि उनले बताएका छन।

यसका साथै बेलौरी छोटि भन्सार देखि कलुवापुर सडकसम्मका अधुरो सडक निर्माण    तत्काल पुरा गर्नका लागि प्रदेश सरकार सँग अनुरोध गर्ने निर्णय पनि सो बैठकमा गरीएको छ।