राजनीति

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटघाट

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटघाट

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । केहीबेरअघि प्रधानमन्त्री ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुगेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिए । प्रेस विज्ञ बजगाईकाअनुसार राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट हो ।

पछिल्लो समय नेपालको राजनीति पेचिलो बन्दैगएकाबेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्नु, भेटघाट गर्नु सामान्य कुरा भएको बालुवाटार स्रोतको भनाई छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अपरान्ह ७ः३० बजेदेखि शीतलनिवासमा छलफल भइरहेको स्रोतले बतायो । छलफल जारी छ ।