आर्थिक

यी हुन् आज शेयरमूल्य बढ्ने १० कम्पनी

यी हुन् आज शेयरमूल्य बढ्ने १० कम्पनी

काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । हिजो मंगलबार नेप्सेमा उच्च अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज शेयर बजार आज १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ ।    

आज बजार घटेपनि १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिईडिबी हाइड्रोपावर डेपलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स, प्रभु इन्स्योरेन्स कम्पनी, गोर्खाज फाइनान्स, र गुडवील फाइनान्स कम्पनी रहेका छन् ।