आर्थिक

एनसेलद्वारा १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन

एनसेलद्वारा १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन

काठमाडाैं: एनसेल आजियाटा लिमिटेडले विश्वका १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्यान्ड, लात्भिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएसिया, फिनल्यान्ड, नेदरल्यान्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी १९ देशका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति दिएको थियो। 

प्राधिकणबाट प्राप्त स्वीकृतिसँगै ती देशका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरू सेवा प्रदायकले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ। नयाँ कल शुल्क अनुसार १८ देशको लागि करबाहेक प्रतिमिनेट ३० रूपैयाँ तिर्नुपर्छ भने माल्दिभ्सको प्रतिमिनेट करबाहेक ३० रूपैयाँ ६५ पैसा निर्धारण भएको कम्पनीले जनाएको छ।

यसअघि यी देशमा कल गर्दा गन्तव्य देश अनुसार प्रतिमिनेट ४.९९ देखि १५ रूपैयाँसम्म लाग्ने गरेको थियो। अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरू सेवा प्रदायकले लिने शुल्कभन्दा निकै कम रहेको कम्पनीले जनाएको छ।