अन्तर्राष्ट्रिय

ब्राजिलमा कोभिडबाट एकै दिन एकहजार भन्दा बढीको मृत्यु

ब्राजिलमा कोभिडबाट एकै दिन एकहजार भन्दा बढीको मृत्यु

ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजारभन्दा बढीको ज्यान गएको छ । स्वास्थ्य अधिकारीहरुले गत २४ घण्टामा १ हजार १० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको जनाएका छन् ।
योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ४ लाख ७४ हजार भन्दा बढी पुगेको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ३७ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
यो संख्या सँगै ब्रालिजमा कूल सङ्क्रमितको संख्या एक करोड ६९ लाख भन्दा बढी पुगेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख सङ्क्रमितहरुमा २२५ जनाको ज्यान जाने गरेको छ ।