अन्तर्राष्ट्रिय

केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा १८ जनाको मृत्यु

केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा १८ जनाको मृत्यु

दिल्ली : भारतमा एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुणे सहरमा रहेको केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा सो हताहती भएको बीबीसीले जनाएको छ । 

आगलागी हुँदा उक्त फ्याक्ट्रीमा ३७ मजदूर काम गरिरहेका थिए । अग्नी नियन्त्रण विभागले केही मजदुर अझै पनि हराइरहेको बताएको छ । 

हराएकाहरुको खोजी कार्य जारी छ । उनीहरुलाई सकुसल उद्दार गर्न फ्याक्ट्रीको पर्खाल भत्काइएको समाचारमा उल्लेख छ ।