अन्तर्राष्ट्रिय

भारतमा चट्याङ लागेर एकै दिन २३ जनाको मृत्यु

भारतमा चट्याङ लागेर एकै दिन २३ जनाको मृत्यु

दिल्ली : भारतमा चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा सोमबार साँझ तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो।

साथै अन्य धेरै व्यक्ति घाइते भएका बीबीसी हिन्दीले जनाएको छ।