मनोरञ्जन

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारलाई अस्पताल भर्ना

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारलाई अस्पताल भर्ना

मुम्बई: बलिउडका दिग्गज अभिनेता दिलीप कुमारलाई अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको उनकी पत्नी सायरा बानुले बताएकी हुन् ।

श्वास फेर्न गाह्रो भएको अभिनेताले भनेपछि उनलाई हिन्दुजा अस्पतालमा लगिएको हो । इन्डियन एक्सप्रेससँग कुरा गर्दै सायराले भनेकी छिन्, “श्वासप्रश्वासमा समस्या हुनेबित्तिकै हामीले दिलीप साहबलाई बिहानको ८ः३० बजे खर रोडस्थित अस्पतालमा लग्यौँ । उनको उपचार भइरहेको छ र केही परीक्षण गरिएको रिपोर्टको पखाईमा छौँ । कृपया उहाँलाई छिट्टै निको होस् भनेर प्रार्थना गर्नुहोस्, ताकि हामी उहाँलाई छिट्टै घर लग्न सकौँ ।”

९८ वर्षीय अभिनेता कुमार पछिल्लो महिना मात्रै अस्पताल भर्ना भएर डिस्चार्ज भएका थिए । उनी पछिल्लोपटक दुई दिन हिन्दुजा अस्पतालमै बसेका थिए ।

वास्तविक नाम मोहम्मद युसुफ खान रहेका अभिनेता दिलीप कुमार भारतका उत्कृष्ट अभिनेताहरुमध्ये एकमा पर्छन् । उनी पछिल्लोपटक सन् १९९८ मा रिलिज भएको चलचित्र ‘किल्ला’मा देखिएका थिए ।