मनोरञ्जन

आजदेखि पुन: प्रशारण हुँदै ‘द भ्वाइस अफ नेपाल ३’

आजदेखि पुन: प्रशारण हुँदै ‘द भ्वाइस अफ नेपाल ३’

काठमाडाैं:  सिङ्गिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को पुन: प्रशारण आजबाट सुरू हुने भएको छ। दुई सातादेखि रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’ आज शुक्रबारबाट निर्धारित समयमानै नक आउटका नयाँ शृङ्खलाहरू प्रशारण हुन लागेको हो।

आजबाट हामी नक आउटका नयाँ शृङ्खलाहरु लिएर आउने शोका निर्देशक लक्ष्मण पौडेलले बताए ।उनले भने, 'महागुरू कोच दीपको स्वस्थमा क्रमिक सुधार आइ रहेको हुँदा यो साता र अर्को साता शुक्रबार मात्र नकआउटको नयाँ शृङ्खला प्रसारण हुनेछ। त्यसपछि शुक्रबार र शनिबारको नियमित प्रसारणमा आउने छौं।’

२ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो । यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।

कोचमध्ये राजु लामाबाहेक अरू सबैलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भइसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।