मनोरञ्जन

मुम्बई प्रहरीले गर्‍याे टाइगर श्राफ र दिशा पटानीविरुद्ध 'एफआईआर' दर्ता

मुम्बई प्रहरीले गर्‍याे टाइगर श्राफ र दिशा पटानीविरुद्ध 'एफआईआर' दर्ता

मुम्बई: मुम्बई प्रहरीले बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीविरुद्ध 'एफआईआर' दर्ता गरेको छ । उनीहरुविरुद्ध कोरोना नियमको उल्लंघन गरेको आरोप लागेको नवभारत टाइम्सले जनाएकाे छ ।

मंगलबार उनीहरुलाई मुम्बईमा कारमा घुमिरहेको प्रहरीले देखेको थियो । लकडाउनमा किन कारमा ? भन्ने प्रश्नको दुवैले उचित कारण दिन नसकेपछि उनीहरुविरुद्ध लकडाउन उल्लंघन गरेको आरोपमा कारबाही अघि बढाइएको हो ।

कोरोनाको दोस्रो लहरका कारण जारी लकडाउन महाराष्ट्रमा जुन १५ सम्म लम्ब्याइएको छ । यसैअन्तर्गत मुम्बईमा दिउँसको २ बजेपछि बिनाकारण निस्कन प्रतिबन्ध लगाइएको छ । यदि, २ बजेपछि बिनाकारण घुमिरहेको भेटिए आईपीसीको धारा १८८ अन्तर्गत कारबाही गरिनेछ ।