स्वास्थ्य

आज एकैदिन ५५ जना काेराेना संक्रमितकाे मृत्यु

आज एकैदिन ५५ जना काेराेना संक्रमितकाे मृत्यु

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ह्वात्तै बढेकाे छ । आज एकैदिन  ५५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । याेँगै कोरोना भाइरस संक्रमणबाट तीन हजार ४१७ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ । हाल ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

देशभर पछिल्लो २४ घण्टामा ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ भने जसमध्ये सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ ।