स्वास्थ्य

काठमाडाैं उपत्यकामा मात्र आज झण्डै ४००० संक्रमित थपिए

काठमाडाैं उपत्यकामा मात्र आज झण्डै ४००० संक्रमित थपिए

काठमाडौं: काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५५ जनाको मृत्यु भएको छ ।