समाज

महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिन्डर सहयोग

महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिन्डर सहयोग

कञ्चनपुर : ह्युमनिटी फाउन्डेसन नेपालले महाकाली अस्पताललाई आज ४१ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । सरकारी अस्पताललाई निःशुल्क रूपमा अक्सिजन उपलब्ध गराउने अभियान अन्तर्गत महाकाली अस्पताललाई सहयोग गरिएको हो  । 

अक्सिजनको अभाव रहेको अवस्थामा ह्युमनिटीले सहयोग गरी अस्पतालमा उपचारार्थ भर्ना भएका  बिरामीको ज्यान जोगाउन सघाउ पुर्‍याएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । 

यसअघि ह्युमनिटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई १०० र डडेल्धुरा उप क्षेत्रीय अस्पताललाई १० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको थियो ।